स्थायी शिक्षक विज्ञापनको लागि बाटो खुल्यो

काठमाडौं – सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन गरेको छ। मन्त्रिपरिषद् बैठकबाट नियमावली संशोधनको प्रस्ताव पारित गरेर कार्यविधिका लागि समितिमा पठाइएको छ ।

सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन नियमावली संशोधन गर्न लागिएको हो । नियमावली संशोधनसँगै स्थायी शिक्षकको विज्ञापनका लागि बाटो खुल्नेछ ।

थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ । नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक बढुवा र शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षालगायत काम रोकिएका छन् ।

आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सामुदायिक विद्यालयमा १७ हजार ४७ जना शिक्षकको दरबन्दी रिक्त रहेको विवरण पठाइसकेको छ।

प्रकाशित मितिः   ९ कार्तिक २०७८, मंगलवार ११:४८