सुर्खेतमा एमाले वडा अधिवेशन आज

सुर्खेत – सुर्खेतका स्थानीय तहमा नेकपा एमालेको वडा अधिवेशन आज हुँदैछ । कार्तिक ६ गतेका लागि एकसाथ देशभरका वडाहरुको अधिवेशन मिति निर्धारण गरिए पनि तयारी नपुगेको भन्दै सुर्खेतमा तीन दिन पछाडि सारिएको थियो ।

आज जिल्लाका ९ वटा स्थानीय तहका ९९ वटै वडामा अधिवेशन हुँदैछ । वडाअधिवेशनका लागि तयारी पूरा भइसकेको एमाले सुर्खेतले जनाएको छ । सबै वडाको नेतृत्व सर्वसम्मत रुपमा छनौट गर्नेगरी नेताहरु सक्रिय भएका छन् ।

एमालेको १० ‍‌औँ राष्ट्रिय महाधिवेशन अन्तर्वत अहिले स्थानीय तहका अधिवेशन भइरहेको छ । यसअघि वडा अधिवेशन भइसकेका स्थानीय तहमा आजै पालिका स्तरीय अधिवेशन हुँदैछ ।

प्रकाशित मितिः   ९ कार्तिक २०७८, मंगलवार १०:१०