नेपाल इरानसँग ४ गोलले पराजित

काठमाडौं – एएफसी यू-२३ एसिया कप छनोटमा नेपाल इरानसँग ४–० ले पराजित भएको छ । दोस्रो हाफमा कमजोर प्रदर्शन गरेपछि नेपाल ताजाकिस्तानको तास्केनमा भएको खेलमा पराजित भएको हो ।

पहिलो हाफसम्म गोलरहित बराबरीको स्थितिमा थियो । तर रिपब्लिकन सेन्ट्रन स्टेडिममा भएको खेलमा नेपालले दोस्रो हाफमा लगातार गोल खाएको थियो । समूह बी मा प्राप्त यस जितपछि इरानले विजयी सुरआतसँगै ३ अंक जोडेको छ ।

नेपाल भने अंकविहीन रह्यो । नेपालले अब दोस्रो खेलमा बिहीवार ताजाकिस्तानको सामना गर्नेछ । यस्तै, नेपालले आफ्नो अन्तिम खेलमा आइतबार लेबनानको चुनौती बेहोर्नेछ ।

प्रकाशित मितिः   ८ कार्तिक २०७८, सोमबार २१:३२