१४ न्यायाधीशद्वारा फुलकोर्ट बैठक बहिष्कार 

काठमाडौं – सर्वोच्च अदालतका १४ जना न्यायाधीशले फुलकोर्ट बैठक बहिष्कार गर्ने भएका छन् ।

प्रधानन्यायाधीश चेलेन्द्रशमशेर जबराले सोमवारका लागि बोलाएको नेपाल बार एसोसिएसनसहितको फुलकोर्टको बैठकमा अन्य न्यायाधीशहरू सहभागी नहुने भएका हुन् ।

१४ जना न्यायाधीशहरूको आइतवार अपरान्ह बसेको बैठकले प्रधानन्यायाधीशले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

जबराले नेपाल बार एसोसिएसनका पदाधिकारीहरूसँगको बैठकमा सोमवार फुलकोर्टको बैठक बोलाउने र त्यहाँ छलफल गर्ने भनेका थिए ।

प्रकाशित मितिः   ७ कार्तिक २०७८, आईतवार १७:१०