काँक्रेविहार गोल्डकप हुँदै

कार्तिक १० गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा काँक्रेविहार गोल्डकप आयोजना गरिने भएको छ । यो अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता हो ।

काँक्रेविहार युवा क्लब सुर्खेतले प्रतियोगिता सञ्चालन गर्न लागेको हो । क्लबले बुधवार पत्रकार सम्मेलन गरी जिल्लाका नौ वटै स्थानीय तहका टोलीको सहभागिता रहने जनाएको छ ।

प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रूपैयाँ पुरस्कार पाउनेछन् । कर्णालीमा फुटबल संस्कृतिको विकासका साथै खेलमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष चन्द्रप्रकाश शाहीले बताए ।

कार्तिक १० देखि १४ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि सात गतेसम्म टिम दर्ताको समय तोकिएको छ । बुधवारसम्म ६ वटा टोलीले सहभागिता निश्चित गरिसकेको अध्यक्ष शाहीले बताए । टिम दर्ताका लागि १० हजार रूपैयाँ तोकिएको छ भने प्रतियोगिताभर खाने÷बस्ने व्यवस्था खेलाडी आफैँले गर्नुपर्नेछ । प्रतियोगिताका लागि ६ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मितिः   ४ कार्तिक २०७८, बिहीबार ०५:००