स्वास्थ्य परियोजना लागू

हेल्थ केयर डेलिभरी नेपाल परियोजना लागू गरिएको छ । निजी क्षेत्रका स्वास्थ्य संस्थाबाट गुणस्तरीय परिवार नियोजन सेवा प्रदान गर्न स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धिका साथै उत्प्रेरित दिने उद्देश्यले परियोजना सुरू गरिएको हो । यूएसएआइडीको आर्थिक सहयोगमा किशोर–किशोरी र युवाहरूलाई उच्च गुणस्तरीय तथा सेवाग्राही केन्द्रित परिवार योजना सेवा प्रदान गरिने छ । निजी क्षेत्रको क्षमता अभिवृद्धि गर्न परियोजना लागू गरिएको जनाइएको छ । परियोजना अन्तर्गत १५ देखि २९ वर्ष उमेरका किशोर–किशोरी तथा युवाहरूलाई लक्षित समूह केन्द्रीत गतिविधि सञ्चालन गरिने छन् । यस्तै, परिवार योजनासम्बन्धी परामर्श, गर्भनिरोधक साधनहरूको प्रयोगको तरिका लगायत सेवाग्राही केन्द्रित कार्यक्रम सञ्चान गर्न लागिएको हो ।

परियोजना संयोजक तेजबहादुर विष्टका अनुसार सुर्खेतका दुई वटा पालिकामा परियोजना सुरू गरिएको छ । उनले स्वास्थ्य संस्थाहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्न परियोजनाले सहयोग पुग्ने बताए । आइतवार वीरेन्द्रनगरमा निजी स्वास्थ्य सेवा प्रवाह नेपालले आयोजना गरेको परिचयात्मक कार्यक्रममा उनले पालिकामा रहेका निजी स्वास्थ्य संस्थाहरूसँग समन्वय गरेर काम गरिने जनाए । परियोजनाले तथ्याङ्क एवम् सूचना व्यवस्थापनमा सेवा प्रदायक तथा स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि हुने, तीनै तहका सरकारका निकाय र निजी क्षेत्रको बीचमा आपसी सम्बन्ध विकास हुने र गुणस्तरीय परिवार योजना सेवा प्रदान गर्न सहज हुने बताइएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रबिन खड्काले गुणस्तरीय परिवार योजना सेवाका लागि परियोजना महŒवपूर्ण हुने विश्वास व्यक्त गरे । जनशक्ति र प्रविधिको अभावमा स्वास्थ्य सेवा सहज नभएको अवस्थामा परियोजनाले सेवा प्रवाहमा मद्दत पुग्ने उनको भनाइ थियो ।

प्रकाशित मितिः   २५ आश्विन २०७८, सोमबार ०५:०२