५१ जनामा संक्रमण पुष्टि

कर्णालीमा ५१ जनामा कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । शनिवार एक सय ११ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो । यो कूल परीक्षणको ४५ प्रतिशत संक्रमण दर हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार शनिवार नै संक्रमित एक जनाको मृत्यु भएको छ ।

यसैगरी, देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार दुई सय २१ पुगेको जनाएको छ । मन्त्रालयको पछिल्लो विवरणमा सात सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट १२ हजार ३१ जनाको परीक्षण गरिएको थियो । शनिवार देशभर गरिएको ६ हजार एक सय ६८ पीसीआर र पाँच हजार आठ सय ६३ एन्टिजेन परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या आठ लाख एक हजार ६ सय ३३ पुगेको छ । सोही दिन आठ सय ९९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या सात लाख ७५ हजार ७२ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः   २४ आश्विन २०७८, आईतवार ०५:००