सूचना अधिकारीलाई तालिम

कर्णाली प्रदेश मन्त्रालय तथा मातहतका कार्यालयका सूचना अधिकारीहरूका लागि दुई दिने सूचनाको हकसम्बन्धी तालिम वीरेन्द्रनगमा सम्पन्न भएको छ । प्रदेश सुशासन केन्द्रले आयोजना गरेको तालिममा प्रदेश मन्त्रालय, निर्देशनालयका साथै सुर्खेत र दैलेखका जिल्ला तथा स्थानीय तहका सूचना अधिकारीहरूको सहभागिता रहेको थियो ।

सूचना अधिकारीहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद उपाध्यायले जानकारी दिए । तालिम उद्घाटन कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठले गरेका थिए । श्रेष्ठले सूचनाको हकको प्रभावकारी कार्यान्वयन मार्फत सुशासनको प्रत्याभूति दिन सूचना अधिकारीहरूलाई निर्देशन समेत दिए ।

प्रदेश मन्त्रालयका सूचना अधिकारीहरूका लागि असोज ७ देखि ८ तथा दैलेख र सुर्खेत जिल्लाका स्थानीय तहका सूचना अधिकारीहरूका लागि असोज १० र ११ गते सम्पन्न भएको तालिममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले सहजीकरण गरेका थिए ।

प्रकाशित मितिः   १३ आश्विन २०७८, बुधबार १०:५५