विद्यार्थीलाई भेरोसेलको दोस्रो डोज दिइने

वीरेन्द्रनगर नगरपालिकाले कक्षा १२ का विद्यार्थीलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने भएको छ । यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका विद्यार्थीलाई दोस्रो डोज दिन लागिएको हो ।

गएको भदौ १५ देखि १८ गतेसम्म पहिलो मात्रा लगाएका विद्यार्थीलाई आइतवार र सोमवार (१०–११ गते) नगरपालिकामा खोप लगाइने छ । खोप दुवै दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दिइने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । खोपकार्डसहित व्यक्तिगत सुरक्षाका मापदण्ड अपनाएर खोप लगाउन आउन नगरपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित मितिः   ९ आश्विन २०७८, शनिबार ०५:०१