प्रदेश योजना आयोगका सदस्य शाहीको राजीनामा

कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले पदबाट राजीनामा दिएका छन् । उनले सोमवार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा पत्र बुझाएका हुन् । राजीनामा दिनुको कारणबारे शाहीले पछिल्लो राजनीतिक अन्यौलता रहेको बताएका छन् । उनले राजनीतिक उतार चढाव र आफ्नै व्यवहारिक समस्याका कारण प्रदेश योजना आयोगको सदस्यबाट राजीनामा दिएको प्रतिक्रिया दिएका हुन् । उनले प्रदेश सरकार र योजना आयोगले आवश्यक ठानेमा आफू नीति र योजना निर्माणमा स्वयम्सेवी रूपमा सहयोग गर्न तयार रहेको बताएका छन् ।

प्रकाशित मितिः   ५ आश्विन २०७८, मंगलवार ०५:०१