बाली बिमाबारे अभिमुखीकरण

लेकवेशी नगरपालिकाका किसानलाई बाली बिमासम्बन्धी अभिमुखीकरण गरिएको छ । हेल्भेटास नेपाल इन इलम परियोजनाको सहयोगमा साना किसान कृषि सहकारी संस्था लिमिटेड साटाखानीको आयोजनामा लेकवेशी नगरपालिका वाड नं. ९ मा व्यावसायिक कृषि गरिरहेका किसानलाई अभिमुखीकरण गरिएको हो ।

व्यावसायिक रूपमा कृषि गर्दे आएपनि बाली र पुश बिमाबारे किसानलाई जानकारी नभएकाले उनीहरूलाई अभिमुखीकरण गरिएको सहकारीका प्रबन्धक हरि पौडेलले बताए । तालिममा केराखेती, बङ्गुरपालन, ड्राइगन फुड, तरकारी खेती, भैसीपालन लगायतमा संलग्न ४० जना कृृषकको सहभागिता रहेको थियो । तालिमको सहजीकरण हेल्भेटास नेपाल इन इलम परियोजनाका व्यवसाय विकास अधिकृत टेकबहादुर सिंह र एभरेष्ट इन्सुरेन्सका गणेश वलीले गरेका थिए ।

प्रकाशित मितिः   ४ आश्विन २०७८, सोमबार ०५:००