स्वास्थ्य सामग्री सहयोग

कर्णाली प्रदेश सरकारलाई एक गैरसरकारी संस्थाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनले झन्डै डेढ करोड रूपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदेशलाई प्रदान गरेको हो । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित तेस्रो चरणलाई मध्यनजर गर्दै विभिन्न स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
सेभ द चिल्ड्रेनको सुर्खेतस्थित मध्य तथा सुदूरपश्चिम फिल्ड कार्यालयले दुई वटा भेन्टिलेटर, तीन हजार चार सय ७४ थान पीपीई, आठ थान अक्सिन कन्सन्ट्रेटर लगायतका कोभिड प्रतिकार्यका लागि आवश्यक सामग्री दिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढा क्षेत्रीमार्फत सेभ द चिल्ड्रेनका एसोसियट डाइरेक्टर धन भुसालले ती सामग्री प्रदेश सरकारलाई हस्तान्तरण गरेकी हुन् ।
सहयोग प्राप्त भेन्टिलेटरहरू अस्पतालको प्राथमिकताअनुसार प्रदेश सरकारले उपयोग गर्न सक्नेछ । सहयोग सामग्री बुझ्दै सामाजिक विकासमन्त्री बुढाक्षेत्रीले गैरसरकारी निकायबाट सरकारलाई हस्तान्तरण गरिएको सहयोगको सह्राना गरे । कोभिड रोकथाम तथा नियन्त्रणका लागि सबै निकायको हातेमालो आवश्यक रहेको उनले बताए ।
प्रकाशित मितिः ४ आश्विन २०७८, सोमबार ०५:०३
साझा बिसौनी ।