दिगो विकासको बहस
कर्णाली प्रदेश योजना आयोग र संयुक्त राष्ट्रसंघको आयोजनामा विकास लक्ष्य सप्ताह सुरू भएको छ । वीरेन्द्रनगरमा शुक्रवार प्रदेशको दिगो विकास लक्ष्य कार्यक्रम सप्ताह २०७८ उद्घाटन गरिएको हो ।
दिगो विकास लक्ष्य कार्यान्वयन गरी कर्णालीको समृद्धिमा सहयोग पु¥याउने उद्देश्यले साताव्यापी कार्यक्रम आयोजना गरिएको कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सर्बराज खड्काले बताए । उनका अनुसार पहिलो दिन सर्वव्यापी दिगो विकास लक्ष्यको दर्शन र औचित्यबारे छलफल भएको छ । यसका सन्दर्भमा यूएनडिपीको भूमिकाको बारेमा यूएनडिपीका कर्णाली प्रमुख रफिकसिद्धिकी तथा कर्णालीको दिगो विकास लक्ष्यको आधार तथ्याङ्क तथा भावी रणनीतिका विषयमा आयोगका सदस्य डा. दीपेन्द्र रोकायाले प्रस्तुतीकरण गरेका थिए ।
विकास लक्ष्य सप्ताहको नारा समृद्ध कर्णालीको आधार, स्वस्थ हरित न्यायपूर्ण पुर्नउत्थानका लागि दिगो विकास तय गरिएको छ । एक सातासम्म प्रदेशको सर्वव्यापी दिगो विकास लक्ष्यको दर्शन र औचित्यमाथि बहस गरिने छ । सरोकारवालासँगको गहन छलफल, बहस, दिगो विकास लक्ष्यको कार्यान्वयनमा प्रभावकारी भूमिका लगायतका विषयमा समेत छलफल हुने आयोगले जनाएको छ । सप्ताह कार्यक्रममा कर्णालीमा दिगो विकास लक्ष्यकोे कार्यान्वयन स्थितिमा उच्चस्तरीय नीतिको चर्चा, कोभिड–१९ को प्रभाव र त्यसले जीविकोपार्जनमा परेको असर, दिगो विकास लक्ष्य तथा उपलब्धिबारे छलफल गरिने छ ।
त्यस्तै, बजेट विनियोजन र कर्णालीमा स्वास्थ्य र पोषणका क्षेत्रमा आगामी कार्यदिशा, विकास योजनामा प्रभावकारी नीति निर्माण र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई मुख्यधारामा ल्याउने सम्बन्धमा प्रादेशिक परामर्श गरिने जनाइएको छ । एक सातासम्म दिगो विकास लक्ष्य अन्तर्गत बालश्रम अन्त्य गर्ने गुरुयोजना विमोचन गर्ने, सञ्चारमाध्यममा अन्तरक्रिया÷प्यानल छलफल लगायतका कार्यसूची रहेका छन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको आर्थिक समृद्धि भए मात्र प्रदेशको समग्र विकास हुने बताएका छन् । सप्ताह व्यापी कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले यसो बताएका हुन् । उनले कर्णालीबासीलाई आर्थिक रूपमा सबल र आत्मानिर्भर बनाउन लक्षित वर्ग विशेष कार्यक्रम, सडक, सिँचाइ, स्वास्थ्य, शिक्षा लगायतका महŒवपूर्ण क्षेत्रमा जोड दिइएको जनाए ।
प्रकाशित मितिः २ आश्विन २०७८, शनिबार ०५:०५
साझा बिसौनी ।