सरसफाइ सप्ताह सुरू

वीरेन्द्रनगरमा सरसफाइ सप्ताह सुरू गरिएको छ । अन्तरनिर्भर समाज, संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) फिल्ड कार्यालय सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाको साझेदारीमा शुक्रवारदेखि सरसफाइ अभियान थालिएको हो । हरित पुर्नउत्थान परियोजना अन्र्तगत वीरेन्द्रनगर नगरपालिकालाई ‘सुन्दर वीरेन्द्रनगर’ बनाउन सहयोग पु¥याउने उद्देश्यले सरसफाइ सप्ताह मनाउन लागिएको जनाइएको छ ।

अन्तरनिर्भर समाजका कार्यक्रम व्यवस्थापक विवेक शाहीले एक सातासम्म सरसफाइका गतिविधि सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार यो अवधिमा वीरेन्द्रनगरको फोहोर व्यवस्थापनमा सघाउनेलगायतका गतिविधि गरिने छ । त्यस्तै, वीरेन्द्रनगरका सडक छेउमा लगाइएका विरुवाको हेरचाह गर्ने, कुहिने फोहोरलाई कम्पोष्ट मल बनाउन प्रेरित गर्ने, घरघरमा गएर फोहोर व्यवस्थापनसम्बन्धी चेतना जगाउनेलगायतका कार्यक्रम गरिने छन् । सरसफाइ अभियान भने निरन्तर सञ्चालनमा रहने उनको भनाइ छ ।

परियोजना अन्तर्गत १० जना ग्रीन स्वयम्सेवक र ३० जना सरसफाइ अभियानकर्ताको व्यवस्थापन गरिएको छ । अन्य संघ–संस्थासँग पनि साझेदारी गरेर सरसफाइ अभियान सञ्चालन गरिने अन्तरनिर्भर समाजले जनाएको छ । सरसफाइ अभियान नगरका सबै वडामा सञ्चालन गरिने छ ।

प्रकाशित मितिः   २ आश्विन २०७८, शनिबार ०५:०१