विचार विमर्श सम्पन्न
वीरेन्द्रनगरमा बालबालिकाको विचार विमर्श कार्यक्रम गरिएको छ । राष्ट्रिय बालदिवसको अवसरमा लियो क्लब अफ भैरवस्थानले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ६५ जना बालबालिका सहभागी थिए । उनीहरूले बालबालिकाका सवालमा आ–आफ्ना विचार आदानप्रदान गरेका हुन् ।
कार्यक्रममा लियो एरिया ५ का प्रमुख, क्लिन ग्रिन विद्यालयका संस्थापक किरणकिशोर सापकोटा, नागरिक समाजका अगुवा घनश्याम पाण्डे, लियो क्लब अफ भैरवस्थानका अध्यक्ष शंकर आचार्य लगायतको उपस्थिति रहेको थियो । यस्तै, सुर्खेतमा ५७औं बाल दिवसको अवसरमा सरकारी तथा गैरसरकारी विभिन्न संघ–संस्थाहरूले विविध कार्यक्रम आयोजना गरेका थिए ।
प्रकाशित मितिः ३० भाद्र २०७८, बुधबार ०५:००
साझा बिसौनी ।