पाँच जनामा संक्रमण पुष्टि

कर्णाली प्रदेशमा आइतवार पाँच जनामा कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण देखिएको छ । प्रदेशभर ६६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको पछिल्लो तथ्याङ्क अनुसार कर्णालीमा सक्रिय सक्रमितको संख्या चार सय ५४ रहेको छ । यहाँ हालसम्म ३३ हजार १२ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये तीन हजार नौ सय ८० जना निको भएका छन् । कोरोनाका कारण तीन सय ७३ जनाको ज्यान गएको छ ।

यस्तै, देशभर कोरोना संक्रमण दर १० प्रतिशतभन्दा तल झरेको छ । कोरोना महामारीको दोस्रो लहर सुरू भएदेखि पहिलो पटक आइतवार संक्रमण दर निकै ओरालो लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आइतवार संक्रमणदर आठ दशमलव २६ प्रतिशत छ । देशभर ११ हजार १८ नमुना परीक्षण गर्दा नौ सय ११ जनामा कोरोना संक्रमण देखिएको हो । तीन दिनयता दैनिक एक हजारभन्दा कम कोरोना संक्रमित भेटिने गरेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा आठ लाख ६३ हजार आठ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये सात लाख ३९ हजार चार सय ५७ संक्रमणमुक्त भइसकेका छन् । आइतवार थप १३ जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार नौ सय ४९ पुगेको छ । पछिल्लो विवरण अनुसार नेपालमा २६ हजार सात सय ५७ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रकाशित मितिः   २८ भाद्र २०७८, सोमबार ०५:००