१९ जनामा संक्रमण

कर्णाली प्रदेशमा थप १९ जनामा कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार शुक्रवार एक सय ३० जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । जुम्लामा सात, सुर्खेतमा चार, सल्यानमा तीन, कालीकोट र दैलेखमा दुई÷दुई र मुगुमा एक जनामा संक्रमण फेला परेको छ ।

योसँगै प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या ३२ हजार नौ सय ५८ पुगेको छ । पछिल्लो तथ्याङ्कअनुसार चार सय २९ जना सक्रिय संक्रमित छन् । निर्देशनालयका अनुसार प्रदेशभर शुक्रवार थप एक सय १० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित निको हुनेको संख्या तीस हजार नौ सय २९ पुगेको छ । कर्णालीमा अहिलेसम्म कोरोना भाइरसका कारण तीन सय ७३ जनाको ज्यान गएको छ ।

प्रकाशित मितिः   २६ भाद्र २०७८, शनिबार ०७:०७