कोरोनाविरुद्धको खोप दिइँदै
वीरेन्द्रनगरमा आइतवारदेखि तीन दिन कोरोनाविरुद्धको खोपको पहिलो मात्रा दिइने भएको छ । ४० वर्ष कटेका व्यक्ति तथा प्राथमिक समूहमा रहेर पनि छुटेका १८ वर्षमाथिका नागरिकलाई खोप दिइने भएको हो । वीरेन्द्रनगर नगरपालिकाका अनुसार यही भदौ २७, २८ र २९ गते कोरोनाविरुद्धको खोप लगाउन लागिएको छ ।
बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म नगर अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूमा खोप दिइने छ । खोप लगाउने व्यक्तिले अनिवार्य अनलाइन रजिष्ट्रेशन गरी विद्युतीय दर्ता नम्बर लिएर खोप केन्द्रमा जानुपर्ने छ । नगरपालिकाले एक सूचना जारी गरी खोप लगाइनेबारे जनाएको हो । सूचनाअनुसार खोप लगाउन इच्छुकले
खबअअष्लभ।mयजबउ।नयख।लउ मा नाम रजिष्ट्रेशन गर्नुपर्ने छ ।
साझा बिसौनी ।