खेल सामग्री सहयोग

कर्णाली प्रदेश लेखा समूह सुर्खेतले जिल्ला ब्याडमिन्टन संघ सुर्खेतलाई सहयोग गरेको छ । निजामती दिवस २०७८ को अवसरमा युवा खेलाडीहरूको खेलकुद तथा प्रशिक्षणमा सहयोग पु¥याउने उद्देश्यले शुक्रवार सामग्री हस्तान्तरण गरिएको हो ।

प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले संघका कोषाध्यक्ष टक्कबहादुर शाहीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । प्राप्त सामग्रीले खेलकुद विकासमा ठूलो योगदान पुग्ने कोषाध्यक्ष शाहीले बताए । लेखा नियन्त्रक बमले आगामी दिनमा समेत सामाजिक कार्यमा सक्रिय रहने प्रतिक्रिया दिए । सामग्री हस्तान्तरण कार्यक्रम लेखा समूहका अध्यक्ष वेदप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मितिः   १९ भाद्र २०७८, शनिबार ०५:००