६८ जनामा संक्रमण

कर्णाली प्रदेशमा थप ६८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार सोमवार पाँच सय ६० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो । सुर्खेतमा ३१, जुम्लामा २३, रुकुम–पश्चिममा ६, मुगु र जाजरकोटमा दुुई÷दुई तथा दैलेख, सल्यान र कालीकोटमा एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या ६ सय ९२ रहेको छ । सोमवार थप एक जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । कर्णालीमा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन सय ६९ पुगेको छ ।

यस्तै, सोमवार देशभर दुई हजार दुई सय ९५ जनामा संक्रमण देखिएको छ । १६ हजार दुई सय ३३ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण फेला परेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म १० हजार सात सय ३० जनाको कोरोनाका कारण मृत्यु भएको छ । पछिल्लो तथ्याङ्कअनुसार देशभर ३५ हजार आठ सय ७४ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित मितिः   १५ भाद्र २०७८, मंगलवार ०५:०२