मन्त्री बर्खास्तीको माग गर्दै प्रदर्शन
कर्णाली प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई बर्खास्त गर्न माग गरिएको छ । प्रदेशस्थिति विभिन्न राजनीतिक दल र संघ–संस्थाहरूले उनलाई मन्त्री पदबाट हटाउनुपर्ने आवाज उठाएका हुन् । मन्त्री शाहीलाई बलात्कारको आरोप लाग्दा पनि सरकार गम्भीर नबनेको भन्दै तत्काल पदमुक्त गरेर अनुसन्धान थाल्नुपर्ने माग गरिएको हो ।
एक महिलाले केही दिन पहिले २०७६ माघमा मन्त्री शाहीले आफूमाथि बलात्कार गरेकोबारे सञ्चारमाध्यमलाई बताएकी थिइन् । समाचार प्रकाशित पछि पीडित भनिएकी ती महिलाले मन्त्रीमाथिको आरोप निराधार भएको बताउने गरेकी छन् । मन्त्रीको सचिवालले पनि घटनाको कुनै सत्यता नभएको दाबी गर्दै आएको छ । घटना बाहिरएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले र नेपाली कांग्रेसले त्यसबारे सत्यतथ्य छानबिन गर्नुपर्ने माग गरेका छन् । सुर्खेतमा क्रियाशील विभिन्न संघ–संगठनले पनि बलात्कारको आरोप लागिसकेपछि मन्त्रीले नैतिकताका आधार राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।
एमाले निकट युवा संघ र अनेरास्ववियुले आइतवार मन्त्री शाहीको बर्खास्तीको माग गर्दै विरोध ¥याली गरेका छन् । जुलुससहित वीरेन्द्रनगर बजार परिक्रमा गरेका उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर विरोध प्रदर्शन गरेका थिए ।
प्रकाशित मितिः १४ भाद्र २०७८, सोमबार ०५:०४
साझा बिसौनी ।