सुर्खेत महिला जेसीज उत्कृष्ट

सुर्खेत महिला जेसीज वर्ष २०२१ मा उत्कृष्ट शाखाको रूपमा घोषित भएको छ । नेपाल जेसीजको क्षेत्र ‘घ’ का ५१ वटा शाखामध्ये सुर्खेत महिला जेसीज उत्कृष्ट भएको हो । वीरेन्द्रनगरमा शनिवार सम्पन्न नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलनमा शाखा उत्कृष्ट भएको जानकारी दिँदै नेपाल जेसीजले अर्वाडसमेत प्रदान गरेको थियो ।

सुर्खेत महिला जेसीजले युुवाहरूको नेतृत्व र व्यक्तित्व विकाससँगै समाज रूपान्तरणमा योगदान गरेको भन्दै उत्कृष्ट अर्वाड प्रदान गरेको नेपाल जेसीजले जनाएको छ । कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारणी उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठले सुर्खेत महिला जेसीजका वर्ष २०२१ का अध्यक्ष लक्ष्मी गुरुङसहित पदाधिकारीलाई उक्त अर्वाड प्रदान गरेका थिए ।

प्रकाशित मितिः   १४ भाद्र २०७८, सोमबार ०५:००