ब्लड डोनर एशोसियसनमा सापकोटा

ब्लड डोनर एशोसियसन सुर्खेतले नयाँ नेतृत्व पाएको छ । शाखाको दोस्रो अधिवेशनबाट किरण किशोर सापकोटा अध्यक्ष बनेका छन् । शनिवार वीरेन्द्रनगरस्थित समाज जागरण केन्द्र स्याक नेपालको सभा हलमा सम्पन्न अधिवेशनले सापकोटाको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा यादव खड्का, सचिवमा विवेचना खनाल, कोषाध्यक्षमा सन्देश थापा र सहसचिवमा नरेशकुमार बुढालाई जिम्मेवारी दिइएको छ । यस्तै सदस्यहरूमा जगत खत्री, भावना राना, योगेन्द्र खत्री, रविन्द्र सापकोटा, सुदीप भण्डारी, मदन आचार्य, खिम रावल, राजेन्द्र अधिकारी, सञ्जयनाथ योगी, बिशाल आचार्य, बिक्रम खत्री छन् । सुदिप भट्राई, फिरोज प्रकाश खत्री, बविता खड्का र देवेन्द्र के.सी पनि संस्थाको सदस्यमा चयन भएका छन् ।

त्यसैगरी, शाखाले ६ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । जसमा पूर्णप्रसाद पौडेल, कुलमणि देवकोटा, टीकाराम आचार्य, ऋषि गिरी, नवराज खड्का र सागर लम्साल रहेका छन् । अधिवेशनको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जिवनका लागि रगत नभइ नहुने भएकाले रक्तदानको अभियानलाई फैलाउन एशोसियशनलाई सुझाव दिएकी थिइन् । नेपाल रेडक्रम सोसाइटी सुर्खेत शाखाका सभापति रामलाल आचार्यले कर्णालीमा सुविधासम्पन्न अस्पतालहरू बनेसँगै रगतको माग पनि बढेको बताए । उनले रक्तदान अभियानमा सहकार्य गरेर अघि बढ्न सबैलाई आग्रह समेत गरे ।

प्रकाशित मितिः   ६ भाद्र २०७८, आईतवार ०५:००