भदौ ४ मा सार्वजजिक बिदा

कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेश स्थापना दिवसमा यही भदौ ४ गते सार्वजनिक बिदा दिने भएको हो । त्यस दिन प्रदेशमा रहेका सरकारी कार्यालय, शिक्षण संस्था र बैंक तथा वित्तीय संस्थाहरू बन्द रहनेछन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलवार जारी गरेको सूचना अनुसार भदौ ४ गतेलाई प्रदेश स्थापना दिवस तथा सहिद दिवससमेत भनिएको छ । कर्णाली प्रदेश प्राप्तिका आन्दोलनमा चार जनाको ज्यान गएको थियो । उनीहरूको सम्झनामा हरेक वर्ष प्रदेश स्थापना तथा सहिद दिवस मनाउने गरिएको हो । यस्तै, कर्णाली सरकारले यसवर्ष कृष्ण अष्टमी र असोज शुक्ल पूर्णिमामा पनि सार्वजनिक बिदा दिने भएको छ ।

प्रकाशित मितिः   २ भाद्र २०७८, बुधबार ०५:००