एक सय बढी संक्रमित थपिए
कर्णाली प्रदेशमा सोमवार एकैदिन एक सय तीन जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार चार सय आठ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । निर्देशनालयका अनुसार सुर्खेतमा ४१, जाजरकोट २२, रुकुम–पश्चिममा ११, सल्यानमा आठ, दैलेख र कालिकोटमा ६–६ हुम्लामा तीन, मुगु र जुम्ला दुई–दुई तथा डोल्पामा एक जनालाई संक्रमण देखिएको छ ।
पछिल्ला दिनमा प्रदेशमा कोरोना संक्रमणदर बढ्दो क्रममा छ । कर्णालीमा हालसम्म ३० हजार नौ सय ७२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये २८ हजार सात सय २३ जना निको भइसकेका छन् । सोमवार थप ९४ जना संक्रमणमुक्त भएका हुन् । कर्णालीमा अहिलेसम्म कोरोनाका कारण तीन सय ५६ जनाको ज्यान गएको छ । दिनदिनै संक्रमित पुष्टि हुने गरे पनि गम्भीर लक्षणका बिरामी भने पछिल्लो समय कम छन् । कोरोनाले हुने मृत्यदर समेत शून्यमा झरेको छ । निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशमा सक्रिय संक्रमितको संख्या आठ सय ६१ रहेको छ ।
प्रकाशित मितिः २६ श्रावण २०७८, मंगलवार ०५:०१
साझा बिसौनी ।