लघुकथा समाजको प्रदेश शाखा गठन

लघुकथा समाजको कर्णाली प्रदेश शाखा गठन गरिएको छ । साहित्यकार मणिकुमार पोखरेलको अध्यक्षतामा आठ सदस्यीय प्रदेश शाखा गठन गरिएको हो ।

समाजको उपाध्यक्षमा कौशीला अधिकारी, सचिवमा उमालाल आचार्य र कोषाध्यक्षमा नारायणविक्रम जिसी चयन भएका छन् । यस्तै सदस्यमा महेन्द्रप्रसाद चौलागाईं, गोमा गिरी, मानबहादुर चौधरी र मीनराज पन्त रहेका छन् भने महेन्द्रप्रसाद गिरी र डा. दीपक गौतमलाई सल्लाहकारमा चयन गरिएको छ ।

प्रकाशित मितिः   २४ श्रावण २०७८, आईतवार ०५:००