एसईईको नतिजा आज सार्वजनिक हुँदै
सुर्खेत : माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई नतिजा आज सार्वजनिक गर्ने भएको हो ।
विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्न लागेको हो ।
कसरी हेर्ने ?
नतिजा बोर्डको वेबसाइटमार्फत हेर्न सकिने जनाइएको छ । www.see.gov.np, www.neb.gov.np बाट हेर्न सकिनेछ ।
यस्तै एसएमएस र आईभीआरबाट हेर्न सकिने गरी प्रकाशन गर्न लागिएको छ । नेपाल टेलिकम र एनसेलबाट १६०० मा एसएमएस गरेर पनि थाहा पाउन सकिन्छ ।
प्रकाशित मितिः २३ श्रावण २०७८, शनिबार १३:२९
साझा बिसौनी ।