जापानी राजदूतले दिए सहयोगको आश्वासन

नेपालका लागि जापानी राजदुत मासाशि ओगावाले शिक्षा, सडक, प्रविधि जस्ता क्षेत्रमा सहयोग गर्ने सकिने आश्वासन दिएका छन् । साथै उनले मुलुकको विकासका लागि शिक्षामा लागनी बढाउन सुझाव दिएका छन् ।

मंगलवार सुर्खेतमा आयोजित नेपाल–जापान सम्बन्धका ६० बर्ष विषयक सेमिनारलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।

सेमिनारको उद्घाटनमा नेपाल र जापानको सम्बन्ध पुरानो भएको स्मरण गर्दै राजदुत ओगावाले नेपालको विकास र उन्न्नातिका लागि जापान सधै सहयोगी भएको बताए । उनले गरिबी, पछौटेपन र विकासमा पछाडी परेको प्रदेशको विकासका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालय मार्फत सहयोग आदनप्रदान गर्न सकिने सम्भावना रहेको बताए । अन्तक्रियामा उठेका प्रश्नहरूको जवाद दिदै राजदुत ओगावाले विकासको लागि शिक्षामा लगानी गर्नु पर्नेमा जोड दिदै जापानका तर्फबाट शिक्षा, सडक , प्रविधि जस्ता क्षेत्रमा सहयोग गर्ने सकिने जनाए ।

नेपाल जापान औपचारिक सम्बन्ध स्थापित भएको ६० औ बर्ष पुरा भएको उपलक्ष्यमा नेपाल जापानका बिबिध पक्षमा अन्तरक्रिया गरिएको हो । विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले जापानका राजदुतमार्फत विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई जापानका विश्वविद्यालयहरूमा उच्च शिक्षा र जीवनोपयोगी शिक्षा प्राप्त गर्ने अवसर सिर्जना गर्न सघाउ पुग्ने विस्वास व्यक्त गरे । विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले स्वागत मन्तव्य राख्दै यस क्षेत्रको विकासको पर्यायको रुपमा रहेको विश्वविद्यालयमार्फत विकासका सम्भावनाहरूको खोजि गर्न सहयोग गर्न माग गरे ।