७७ जनामा संक्रमण पुष्टि

कर्णाली प्रदेशका थप ७७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । सोमवार तीन सय ११ जनाको परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित फेला परेका हुन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको पछिल्लो तथ्याङ्कअनुसार प्रदेशको संक्रमण दर २४ प्रतिशतमा छ । आइतवार संक्रमण दर ४२ प्रतिशत पुगेको थियो ।

सुर्खेतमा २३, कालीकोटमा १४, सल्यान र मुगुमा ११÷११, रुकुम–पश्चिममा नौ, जाजरकोटमा ६ र दैलेखमा तीन जनामा संक्रमण देखिएको छ । योसँगै प्रदेशमा हालसम्म ३० हजार तीन सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २८ हजार तीन सय ३८ जना संक्रमणमुक्त भएका छन् । सोमवार नै ७१ जना संक्रमणमुक्त भएका हुन् । अहिलेसम्म कर्णालीमा कोरोना संक्रमणका कारण तीन सय ५२ जनाको ज्यान गएको छ । एक हजार ६ सय ७९ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, देशभर थप तीन हजार एक सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार आठ सय ११ जनाको नमुना परीक्षण गर्दा सोमवार तीन हजार एक सय २५ मा संक्रमण देखिएको हो । यो कूल परीक्षणको झन्डै २३ प्रतिशत हो  । योसहित नेपालमा हालसम्म सात लाख ६२ हजार चार सय ३२ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये एक हजार नौ सय २५ जना निको भएका छन् । संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५८ हजार एक सय २२ जना पुगेको छ । देशभर अहिलेसम्म कोरोना संक्रमणका कारण नौ हजार आठ सय ९८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   १९ श्रावण २०७८, मंगलवार ०९:०६