फुटबलमा सुर्खेतको विजयी सुरुवात

सातौं राष्टिय खेलकुद प्रतियोगिताका लागि नेपालगन्जमा भइरहेको फुटबलको मध्यपश्चिमाञ्चल क्षेत्रीय छनौट प्रतियोगितामा सुर्खेतले विजयी सुरुवात गरेको छ । मंगलवार भएको खेलमा रुकुमलाई ३–० ले पराजित गर्दै सुर्खेत विजयी भएको हो ।

सुर्खेतका लागि सुदीप गुरुङले २३ मिनेटमा गोल गर्दै अग्रता दिलाए । रामप्रसाद चौधरीले २९ र ३९ औं मिनेटमा दुई गोल गर्दै सुर्खेतलाई ३–० ले विजयी बनाएका हुन् ।

प्रतियोगिता अन्तर्गत सुर्खेतले भोली(बुधवार) जुम्लासंग खेल्ने जिल्ला फुटबल संघ सुर्खेतका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए । पूर्वाञ्चलमा हुने सातौं राष्टिय खेलकुद प्रतियोगिताका लागि अहिले क्षेत्रीय स्तरीय छनौट प्रतियोगिता सञ्चालन भइरहेको छ ।

प्रकाशित मितिः   २१ मंसिर २०७३, मंगलवार १८:१०