जोडिए जुम्ला–जाजरकोट

जुम्ला: दुई जिल्लालाई सडक यातायातले जोड्ने पुल सञ्चालन भएको छ । जुम्ला–जाजरकोट जोड्ने त्रिवेणी पुल सञ्चालनमा आएको हो । तिला गाउँपालिकाको त्रिवेणीमा वि.सं. २०७३ सालबाट निर्माण थालिएको पक्की पुल झन्डै पाँच वर्षपछि सञ्चालनमा ल्याइएको छ । उक्त पुल दुई वर्षभित्र निर्माण गरिसक्नु पर्ने सम्झौता थियो । ढिला गरी निर्माण सम्पन्न भएको भएपछि बल्ल पुल सञ्चालनमा आएको हो । यहाँ यो बिचमा काम चलाउ काठेपुल बनाइए पनि बाढीले बगाउने गरेको थियो । वि.सं. २०७७ सालमा पुन म्याद थप गरेर दु्रर्त गतिमा काम घि बढाएपछि पुल निर्माण कार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रूपबहादुर रावलले जानकारी दिए ।

हिराचन अन्जना जेभी निर्माण कम्पनी काठमाडौंले चार करोड १२ लाख लागतमा ५२ मिटरको पक्की पुल निर्माण गरेको हो । वषौंदेखि अलपत्र पुल अहिले निर्माण सम्पन्न भइ सञ्चालनमा आएपछि भेरिखोलाका स्थानीय हर्षित भएका छन् । ‘हिजोका दिनमा पुल नहुँदा बिरामी डोकोमा बोकेर अस्पताल पु¥याउनु पथ्र्यो, घण्टौं हिँडेर सदरमुकाम खलंगा पुग्नु पर्ने बाध्यता थियो,’ तातोपानी गाउँपालिका–७ सुर्कीका स्थानीय डिल्लीबहादुर रावतले भने, ‘अब दुःख टाढियो, सुख फर्कियो ।’ पुल सञ्चालनमा आएसँगै भेरिखोलाका एक दर्जन बढी गाउँ लाभान्वित भएका छन् । स्थानीय जयबहादुर कुँवरले ढिलै भए पनि पुल बनेकोमा खुसी व्यक्त गरे । ‘विगतमा हामीले पाउनु दुःख पायौं,’ उनले भने, ‘पुल सञ्चालनमा आएको खबरले भेरिखोलाका बासीन्दामा खुसी छाएको छ ।’

यात्रुलाई मात्र होइन पुल बनेपछि कृषकलाई आफ्ना उत्पादन बजारसम्म पु¥याउन पनि सहज भएको छ । स्थानीय युवा गोरख रावत भन्छन्, ‘भेरिखोलामा उत्पादन भएका कृषिजन्य सामाग्री अव सहजै बजारसम्म पुग्ने छन्, हिजोको जस्तो किसानले उत्पादन गरेका स्याउ, आलु जस्ता नगदेबाली कुहिने छैनन् ।’ त्यस्ता कृषि उत्पादन पुल नहुँदा बजारसम्म लैजान समस्या थियो । जार नपाउँदा आलु, स्याउ जस्ता नगदेबाली कुहिने र पशुचौपायालाई खुवाउनुपर्ने बाध्यता थियो । पुल सञ्चालनमा आएपछि दुर्गमका गाउँहरू जोडिएका छन् भने स्थानीयको यात्रा पनि सहज बनेको छ ।

प्रकाशित मितिः   १३ श्रावण २०७८, बुधबार ०५:०१