कर्णालीमैत्री नीति बनाउन जोड
प्रदेशको शिक्षा नीति कर्णालीमैत्री बनाउन सरोकारवालाहरूले जोड दिएका छन् । शुक्रवार सेभ द् चिल्ड्रेनको सहकार्यमा शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘कर्णालीमा शिक्षाका कुरा’ विषयक कार्यक्रममा सरोकारवालाहरूले यस्तो सुझाएका हुन् । शिक्षाका खास समस्या पहिचान गरी त्यसअनुरूप नीति, कार्यक्रम र योजना तय गर्न सुझाव दिइएको हो । कर्णालीमा अन्य प्रदेशको तुलनामा फरक खालको शैक्षिक समस्या र चुनौती भएकाले प्रदेश सुहाउँदो नीति आवश्यक रहेको औंल्याइएको छ ।
प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीले संघीय सरकारले बेलैमा शिक्षासम्बन्धी कानुन निर्माण नगर्दा प्रदेशमा पनि त्यसको असर परेको बताए । प्रदेशसभा सदस्य एवम् सामाजिक विकास समितिकी अध्यक्ष देवी ओलीले शिक्षा सम्बन्धी विधेयक संसद्मा गए पनि पास हुन नसकेको बताइन् ।
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका शिक्षाशास्त्र संकायका सहायक डीन विष्णुकुमार खड्काले ‘कर्णालीमैत्री शिक्षा नीति, कार्यक्रम र कार्यान्वयनः अवसर, चुनौती र सम्भावना’ विषयक कार्यपत्र प्रस्तुत गर्दै शिक्षाको गुणस्तर सुधार गर्न ठोस कार्यक्रमसँगै बजेटको व्यवस्थापन गर्नुपर्ने बताए ।
प्रकाशित मितिः ९ श्रावण २०७८, शनिबार ०५:००
साझा बिसौनी ।