६३ जनामा संक्रमण

कर्णाली प्रदेशमा थप ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार दुई सय ६ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो । सुर्खेतमा २०, जाजरकोटमा ११, मुगुमा आठ, रुकुम–पश्चिममा सात, कालीकोट र दैलेखमा ६/६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, हुम्लामा दुई, सल्यानमा एक तथा कर्णालीमा रहेका तर अन्य प्रदेशका तीन जनामा संक्रमण पुष्टि भएको छ ।

बुधवार प्रदेशभर ६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कर्णालीमा हालसम्म २७ हजार पाँच सय १० जना कोरोनाबाट निको भएका हुन् । पछिल्लो तथ्याङ्कअनुसार संक्रमित थप एक जनाको मृत्यु भएको छ । योसहित प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीन सय ४९ पुगेको छ ।

यस्तै, नेपालभर थप दुई हजार आठ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधवार १२ हजार ६ सय १६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण फेला परेको हो । देशभर हालसम्म सात लाख २४ हजार चार सय ५५ जनामा कोरोना देखिएको छ । तीमध्ये ६ लाख ३६ हजार चार सय दुई जना निको भएका छन् । अब नेपालमा २६ हजार आठ सय ३२ जना कोरोनाका सक्रिय संक्रमित छन् । त्यस्तै थप ३० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ६ सय ३७ पुगेको छ ।

प्रकाशित मितिः   ७ श्रावण २०७८, बिहीबार ०८:२६