‘ग्राजिया बीएस सिक्स’ सुर्खेती बजारमा
कर्णाली प्रदेशको राजधानी सुर्खेत बजारमा होण्डा स्कुटरका पारखीहरूका लागि नयाँ ग्राजिया बीएस सिक्स मोडलको स्कुटर सार्वजनिक गरिएको छ । कर्णाली क्षेत्रका ग्राहकहरूलाई लक्षित गर्दै न्यू बुलबुले अटो सेल्स सुर्खेतले सुर्खेतमा एक समारोहका बीच सोमवार स्कुटरको सार्वजनिक गरेको हो ।
सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले स्कुटर सार्वजनिक गरेका हुन् । उपाध्यक्ष खड्काले होण्डा ब्राण्डले नयाँ मोडलको स्कुटर सार्वजनिक गरेर कर्णालीका ग्राहकहरूको थप मन जित्ने विश्वास गरे ।
न्यू बुलबुले अटोले विगत १३ वर्षदेखि होण्डा ब्राण्डको मोटरसाइकल तथा स्कुटर बिक्रीवितरण गर्दै आएको छ । झन्डै सात हजार सेवाग्राहीलाई सेवा दिएको जानकारी दिँदै अटो सेल्सका म्यानेजर पारस सापकोटाले नयाँ मोडलको स्कुटरले ग्राहकको मन जित्ने विश्वास व्यक्त गरे । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी लिमिटेडले नेपाली बजारमा होण्डा ग्राजिया बीएस सिक्स मोडल राजधानी काठमाडौंसहित देशभर सार्वजनिक गरेको हो ।
आकर्षक र स्टाईलिस लुक रहेको यस १२५ सिसि नयाँ बीएस सिक्स मोडलमा व्यवहारिक फिचरहरू थप गरी पूर्णरूपमा रि–डिफाइन गरिएको छ । १५५ एमएम देखि १७१ एमएम एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको संस्थाका सिनियर सेल्स अफिसर अन्जु भण्डारीले जानकारी दिइन् । यस फिचर अन्तर्गत ग्राहकहरूले स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न सक्छन् ।
होण्डाको पीजीएम एफआई (प्रोग्राम फ्युल इन्जेसन टेक्नोलोजी) प्रयोग भएका कारण यो स्कुटरमा बढी माइलेज र पावर रहेको होण्डा सुर्खेतका सञ्चालक भद्र भण्डारी जानकारी दिए । ग्राजियाको यस नयाँ बीएस सिक्स डिलक्स मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्नका लागि आइडिलिङ्ग स्टप रहेको छ भने नयाँ बीएस सिक्स एसटिडी मोडलमा इन्जिन स्टार्ट÷स्टप स्वीच रहेको छ ।
यसका साथै यस स्कुटरमा साइड स्ट्या ड इन्जिन अफ फिचर एसीजीसहितको साइलेन्ट स्टार्ट, इएसपी टेक्नोलोजीको साथ एचइटी इन्जिन जस्ता अन्य विभिन्न उपयोगी विशेषताहरू रहेको छ । नेपाली बजारमा ग्राजिया बीएसभी सिक्स डिएसस मोडलको मूल्य दुई लाख ६९ हजार नौ सय र ग्राजिया बीएसभी सिक्स मोडलको मूल्य दुई लाख ८९ हजार नौ सय रहेको छ । उक्त कार्यक्रम न्यू बुलबुले अटो सेल्सका सञ्चालक राम भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।
प्रकाशित मितिः ५ श्रावण २०७८, मंगलवार ११:२८
साझा बिसौनी ।