‘टिभीएस एनटर्क–१२५’ अब सुर्खेतमा

पछिल्लो समय धेरैलाई आकर्षित गरेको ‘टिभीएस एनटर्क–१२५ सुपरस्क्वाड’ मोडलको स्कुुटर अब सुर्खेतमा पनि पाइने भएको छ । टिभीएसको आधिकारिक बिक्रेता भानु इन्टरप्राइजेजले सुर्खेतमा बिक्री वितरण सुरु गरेको छ ।

डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरेर टिभीएस मोटर कम्पनीले विशेष मोडल नेपालमा भि¥याएको हो । यो स्कुटरमा ‘ब्लुटुथ’ जडान गरिएको छ । यसबाहेक पनि अन्य आकर्षक फिचरका कारण धेरैको रोजाइमा परेको छ ।

टिभीएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका कार्यकारी उपाध्यक्ष आर दिलीपकाअनुसार सुपरस्क्वाड संस्करण क्रमश आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आर्कषक रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक र कम्ब्याट ब्लूमा उपलब्ध छन् । उनले नयाँ पुस्ताका लागि यो आकर्षक स्कुटर भएको बताए ।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवाललेका अनुसार ‘टिभीएस एनटर्क–१२५’ नेपालको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बिक्री र रुचाईएको स्कूटर हो । उनले भने, ‘हामी विश्वस्त छौं कि यसले नेपालमा हाम्रा ग्राहकहरूलाई खुसी पार्नेछ ।’

प्रकाशित मितिः   २६ असार २०७८, शनिबार ०५:००