दुई हजार बढी सक्रिय संक्रमित
कर्णाली प्रदेशमा कोरोना भाइरस कोभिड–१९ का अझैं दुई हजारभन्दा बढी सक्रिय संक्रमति रहेका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आइतवार प्रदेशमा थप ४६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा दुई हजार एक सय ३२ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रदेशमा हालसम्म कोरोना संक्रमित हुुनेको संख्या २८ हजार चार सय ७८ पुगेको छ । त्यसमध्ये २६ हजार १६ जना संक्रमणमुक्त भएका छन् भने तीन सय ३० जनाको मृत्यु भएको छ । पछिल्लो समय प्रदेशमा कोरोना संक्रमणको दरमा कमी आएपनि जोखिम भने टरेको छैन । संक्रमणको दोस्रो लहर सुरू भएसँगै प्रदेशका सबैजसो जिल्लामा गरिएको निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ ।
प्रकाशित मितिः २१ असार २०७८, सोमबार ०५:००
साझा बिसौनी ।