स्वास्थ्य सामग्री सहयोग

बेलायती नागरिक सेन हुटुङ्ग, अमरधन मेमोरियल फाउन्डेसन र धुलिखेल हस्पिटल काठमाडौं युनिभर्सिटीको सहयोगमा शुक्रवार कर्णाली प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

गैर आवासीय नेपाली संघ, सुशासन प्रवद्र्धनका लागि युवा संस्था सुर्खेत र युएनओपिएस—पिसियुको समन्वय सहकार्यमा सामाजिक विकासमन्त्री यज्ञबहादुर विसीलाई एक करोड ५० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको हो । कोभिड–१९ न्यूनिकरणका लागि अक्सिजन सिलिण्डर एक सय पच्चीस थान र अक्सिजन कन्सटे«टर ५० थान प्रदान गरिएको सुशासन प्रवद्र्धनका लागि युवा संस्थाका सल्लाहकार एवम् गैर सरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसीले बताए ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री विसीले माहामारीको समयमा राज्यले मात्रै केही गर्न नसक्ने बताउदै यस्तै सहयोगले माहामारी नियन्त्रणमा सहयोग पुग्ने बताउँदै गैरसरकारी संस्था, महासंघ र सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मितिः   १९ असार २०७८, शनिबार ०५:००