यस्ता छन्, आगामी बजेटका सात प्राथमिकता
सुर्खेत – कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि विभिन्न सात क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले बजेटका क्षेत्रगत र कार्यक्रमगत प्राथमिकतालाई सात बुँदामा उल्लेख गरेका छन्, जो यसप्रकार छन् :
१-कोभिड-१९ लगायतका महामारीबाट कर्णालीबासीलाई सुरक्षित राख्न अत्यावश्यक औषधि, स्वास्थ्य सामग्री एवं उपकरणको उपलब्धता, परीक्षणको दायरा विस्तार र उपचारको भरपर्दो व्यवस्था,
२-अत्यावश्यक खाद्यान्नको भण्डारण, खाद्य सुरक्षा र भरपर्दो आपूर्ति व्यवस्थापन
३-रोजगारमूलक विकास र उद्यमशीलताको माध्यमबाट आधारभूत आवश्यकताको परिपूर्ति गर्दै जीवस्तरमा सुधार
४-कृषि, उद्योग, वन, पर्यटन र निर्माण लगायतका क्षेत्रको पुनरूत्थान गरी उत्पादन एवं उत्पादकत्व बृद्धि
५-स्वास्थ्य र शिक्षा क्षेत्रको दीर्घकालीन विकासका लागि भौतिक पूर्वाधार, दक्ष जनशक्ति, नवीन प्रविधि र संस्थागत क्षमता विकास
६-सडक, ऊर्जा, खानेपानी, सिँचाई लगायतका भौतिक पूर्वाधारको दिगो विकास र उपयोग,
७-शासकीय सक्षमताको विकास गरी सुशासन र सदाचार प्रवर्द्धन ।
उल्लेखित प्राथमिकताका आधारमा सरकारले ३६ अर्ब ५४ करोड ६६ लाख बराबरको बजेट ल्याएको छ ।
प्रकाशित मितिः १ असार २०७८, मंगलवार १९:१६
साझा बिसौनी ।