नीति–कार्यक्रम पारित, आजै बजेट पेश हुने

सुर्खेत: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ । मंगलवार प्रदेशसभाको बैठकबाट बहुमतले नीति–कार्यक्रम पारित गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले भने नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेको थियो । नीति–कार्यक्रम पारित भएपछि आजै सरकारले आगामी बजेट सार्वजनिक गर्दैछ । दिउँसो ४ बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले बजेट पेश गर्ने जनाइएको छ ।

संविधानत: प्रदेश सरकारले असार १ गते संसदमा बजेट पेश गर्नुपर्ने हुन्छ ।

प्रकाशित मितिः   १ असार २०७८, मंगलवार १५:२२