मन्त्री थापाविरुद्धको मुद्दामा मिसिल झिकाउन आदेश

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अमरबहादुर थापाविरुद्ध दायर नैतिक पतनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ । आइतवार सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र नहकुल सुवेदीको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

सूर्यमणि गौतम रिट निवेदक रहेको उक्त मुद्दामा दैलेख जिल्ला अदालतबाट २०४७ असार १४ गते र २०५० पुस ६ गते भएको कीर्ते जालसाजी मुद्दाको सक्कल मिसिल झिकाउन इजलासले आदेश दिएको छ । ती मिसिललाई सर्वोच्च अदालतमा विचाराधीन रिट निवेदन अवलोकनार्थ राखी पूर्व आदेशअनुसार अन्तरिम आदेश छलफलका लागि नियमअनुसार पेश गर्नु भन्ने आदेश इजलासले दिएको हो ।

प्रकाशित मितिः   ३१ जेष्ठ २०७८, सोमबार ०८:५६