पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले जिल्ला शाखा सुर्खेतलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । जिल्लामा कार्यरत पत्रकारहरूका लागि केन्द्रीय समितिले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको हो । महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले सोमवार जिल्ला अध्यक्ष ललित बसेललाई सामग्री हस्तान्तरण गरेका छन् ।

केन्द्रीय कोषाध्यक्ष सेजुवालले अग्रपंक्तिमा खटिने पत्रकारहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य सामग्री प्रदान गरिएको जनाए । केन्द्रले दिएको स्वास्थ्य सुरक्षा सामग्रीमा मास्क र सेनिटाइजर छन् । जिल्ला अध्यक्ष बसेलले सामग्री उपलब्ध गराएकोमा महासंघको केन्द्रीय समितिलाई धन्यवाद ज्ञापन गरे ।

प्रकाशित मितिः   २५ जेष्ठ २०७८, मंगलवार ०५:००