भेरी अस्पतालको घटनाप्रति आपत्ति
नेपाल चिकित्सक संघ सुर्खेतले भेरी अस्पताल नेपालगञ्जमा बिहीवार राती भएको घटनाको विरोध गरेको छ । संघले भेरी अस्पतालका स्वास्थ्यकर्मीहरूमाथि कुटपिटको घटनाको विरोध जनाएको हो । नेपाल चिकित्सक संघ कर्णाली प्रदेश सुर्खेत शाखाले शुक्रवार एक विज्ञप्ती जारी गर्दै स्वास्थ्यकर्मीहरूले सहज रूपमा काम गर्न पाउनुपर्ने बताएको छ ।
नेपाल चिकित्सक संघ कर्णाली प्रदेशका अध्यक्ष डा. नवराज केसी र महासचिव केएन पौडेलद्वारा जारी विज्ञप्तीमा घटनाको निष्पक्ष छानविन गरी हदैसम्मको कारबाही गर्न माग गरिएको छ । ‘कोरोना महामारीमा स्वास्थ्यकर्मीहरूले आफ्नो ज्यानको प्रवाह नगरी स्वास्थ्य सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मीहरूले सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्छ,’ विज्ञप्तीमा भनिएको छ, संघले घटनामा संलग्न व्यक्तिलाई हदैसम्मको कारबाहीको माग गरेको छ ।
प्रकाशित मितिः १५ जेष्ठ २०७८, शनिबार ०५:००
साझा बिसौनी ।