पाँच सय १० जना संक्रमणमुक्त

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका पाँच सय १० जना संक्रमणमुक्त भएका छन् । आइतवार संक्रमण पुष्टि हुनेभन्दा झण्डै दोब्बर संक्रमणमुक्त भएका हुन् । योसँगै कर्णालीमा हालसम्म कोरोना जित्नेको संख्या १३ हजार नौ सय ७४ पुगेको छ । प्रदेशभर थप दुई सय ७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा सक्रिय संक्रमितहरूको संख्या ६ हजार चार सय ६ पुगेको छ । निर्देशनालयका अनुसार अहिलेसम्म कर्णालीमा २० हजार ६ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

आइतवार कोरोना संक्रमित १० जनाको मृत्यु भएको छ । योसहित प्रदेशमा कोरोनाका कारण ज्यान जानेको संख्या दुई सय १० पुगेको छ । आइतवार मृत्यु हुनेमा सुर्खेतका चार, सल्यानका तीन, दैलेख, डोल्पा र जुम्लाका एक–एक जना छन् ।

प्रकाशित मितिः   १० जेष्ठ २०७८, सोमबार ०५:००