मन्त्रिपरिषद्को निर्णय : संसद विघटन, कार्तिक २६ र मंसिर ३ मा निर्वाचन

काठमाडौं – सरकारले प्रतिनिधि सभा विघटन गरी निर्वाचनमा जाने निर्णय गरेको छ । शुक्रवार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गरेर निर्वाचनका लागि आगामी कार्तिक २६ र मंसिर ३ गतेको मिति तोकेर राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त हुन नसकेपछि बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीले नै प्रतिनिधि सभा विघटनको सिफारिस गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि प्रधानमन्त्री ओलीकै सिफारिसमा गत पुस ५  मा पनि प्रतिनिधि सभा विघटन गरी गत वैशाखका लागि निर्वाचनको मिति तोकेकी थिइन् । तर, सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त विघटनलाई असंवैधानिक ठहर गरेको थियो । संविधानले निर्धारण गरेका प्रक्रिया पूरा नगरी प्रतिनिधि सभा विघटन गरेको भन्दै सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।

अब भने संवैधानिक रुपमै मुलुक प्रतिनिधि सभा विघटन गरी र निर्वाचनतर्फ जाने भएको छ ।

प्रकाशित मितिः   ८ जेष्ठ २०७८, शनिबार ०१:०६