सक्रिय संक्रमित पाँच हजार नाघे
कर्णाली प्रदेशमा शनिवार थप ६ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार तीन सय ५० जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार सुर्खेतमा तीन सय तीन, दैलेखमा ९९, सल्यानमा ९०, रूकुम–पश्चिममा ५९, जाजरकोटमा ५२, कालीकोटमा ४३, हुम्लाका २१, मुगुमा १८, जुम्लामा ६, डोल्पामा चार र कर्णालीमा रहेका अन्य प्रदेशका चार जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या पाँच हजार तीन सय पाँच पुगेको छ ।
यस्तै, शनिवार आठ जनाको मृत्यु भएसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय ४२ पुगेको छ । निर्देशनालयको पछिल्लो तथ्याङ्क अनुसार दुई सय ४९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल ९६ जनाको आईसीयू र आठ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाइएको छ ।
प्रकाशित मितिः २ जेष्ठ २०७८, आईतवार ०५:००
साझा बिसौनी ।