निषेधाज्ञा लम्बियो

सुर्खेतमा जारी निषेधाज्ञा लम्बिएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लाभर १७ दिनदेखि जारी निषेधाज्ञा दुई साता लम्ब्याइएको हो । शुक्रवार राति १२ बजेदेखि जेठ १५ गते राति बजेसम्मका लागि निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जारी निषेधाज्ञा पूर्ण रूपमा कार्यान्वयन नभएको पाइएको भन्दै स्थानीय प्रशासनले अब भने थप कडाइ गरिने जनाएको छ । १५ दिन निषेधाज्ञा थपेर प्रशासनले हिँड्डूल तथा भिडभाड हुने गतिविधिमा कडाइ गर्न लागेको हो । यही वैशाख १४ गते पहिलो पटक एक साताका लागि जारी गरिएको निषेधाज्ञा २१ गते १० दिन थप गरिएको थियो ।

प्रकाशित मितिः   १ जेष्ठ २०७८, शनिबार ०५:००