संक्रिय संक्रमित १६ सय नाघे

कर्णालीमा शनिवार थप दुई सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सात सय ३९ जनामा गरिएको परीक्षणमा सोही संख्यामा संक्रमित भेटिएका हुन् । आरटी–पीसीआर गर्दा दुई सय १४ जना र रेपिड–एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशभर सक्रिय संक्रमित एक हजार ६ सय ३३ जना पुगेका छन् । शनिवार प्रदेशमा दुई जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । सल्यान र सुर्खेतमा गरी एक महिला र एक पुरुषको मृत्यु भएको हो ।

यसैबीच, शनिवार देशभर थप पाँच हजार सात सय ६३ जनामा संक्रमण पुष्टि भएको छ । १४ हजार चार सय तीन जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार सात सय ६ र पाँच सय ६६ नमूनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार थप १९ जना कोरोना संक्रमितबाट मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार दुई सय ९८ पुगेको छ । शनिवार थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या तीन लाख २८ हजार आठ सय ९३ पुगेको छ । जसमध्ये ४३ हजार दुई सय १३ जना सक्रिय संक्रमित छन् । उनीहरूमध्ये ४० हजार एक सय तीन जना होम– आइसोलेसनमा रहेका छन् भने तीन हजार एक सय १० जना अस्पतालमा छन् । त्यस्तै देशभर चार सय एक जनाको आईसीयू र एक सय १० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मितिः   १९ बैशाख २०७८, आईतवार ०५:००