उपसभापतिमा पन्त मनोनित

pantaनेपाली कांग्रेस क्षेत्र नम्वर – २, सुर्खेतको उपसभापतिमा गणेश कुमार पन्त चयन भएका छन् । क्षेत्रिय सभापति नारायणकुमार कोइरालाको अध्यक्षतामा बसेको बैठकले पन्तलाई सर्वसम्मत रुपमा उपसभापतिमा चयन गरेको हो ।

यसै गरि सभापति कोइरालाले रेशमलाल चालिसे, कृष्ण बहादुर वली र जय बहादुर घर्तिलाई क्षेत्रिय कार्य समितिको सदस्यमा मनोनित गरेका छन् ।

मनोनित सदस्य मध्य चालिसेले भेरी बेल्ट, वलिले पहाड र घर्तिले चिङगाड भेकको प्रतिनिधित्व गर्ने सभापति कोइरालाले जनाए ।