भवन शिलान्यास

कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालय भवनको शिलान्यास गरिएको छ । शनिवार आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले उक्त भवनको शिलान्यास गरेकी हुन् । साढे चार कठ्ठा क्षेत्रफलमा बनाइने भवन तीन तलाको हुनेछ ।

पाँच तलाको लागि डीपीआर निर्माण गरिएको भए पनि अहिले तीन तला मात्रै निर्माण गर्न लागिएको हो । दुई वर्षभित्र निर्माण कार्य सम्पन्न हुने भवनमा तीन करोड ५३ लाख ९३ हजार रूपैयाँ खर्च गरिने छ । निर्माणको जिम्मा शिवशक्ति÷चक्रेश्वरी कन्स्ट्रक्सन काठमाडौंले लिएको छ । सम्झौताअनुसार निर्माण कम्पनीले २०७९ चैत २१ गतेसम्म काम सम्पन्न गरिसक्नुपर्ने छ ।

मन्त्री केसीले प्रदेश सरकारका आफ्नै भौतिक संरचना बनाउन थालिएको बताइन् । उनले प्रदेश मातहतका विभिन्न कार्यालयमा भौतिक संरचना आवश्यक रहेको भन्दै अब अन्य निकायका भवन पनि निर्माण थालिने बताइन् ।

प्रकाशित मितिः   १२ बैशाख २०७८, आईतवार ०६:००