एसएलसीको परीक्षाकेन्द्र निर्धारण

साझा बिसौनी संवाददाता
सुर्खेत, २ चैत ।
यस वर्षको एसएलसी परीक्षाका लागि सुर्खेतमा ३० वटा केन्द्र तोकिएको छ । गतवर्ष २९ वटा परीक्षाकेन्द्र तोकिएकोमा यो वर्ष भने एक केन्द्र थप गरी ३० वटा परीक्षाकेन्द्र तोकिएको सहायक जिल्ला अधिकारी ध्रुवराज पौडेलले जानकारी दिए ।  
जिल्ला शिक्षा कार्यालयका अनुसार परीक्षामा गतवर्ष जस्तै यो वर्ष पनि मुस्कानसहितको सेवा प्रदान गरिनेछ । परीक्षा दिँदा महिनावारी भएका छात्रालाई स्यानेटरी प्याडको व्यवस्था समेत गरिएको छ । जिल्लाका ३० वटै परीक्षाकेन्द्रमा महिनावारी भएका छात्रा परीक्षार्थीलाई प्याड उपलब्ध गराइनेछ । एसएलसी परीक्षामा विशेष गरी बालिकाहरूलाई मध्यनजर गर्दै सेनेटरी प्याडको सेवा समेत राखिएको कार्यालयले जनाएको छ । 
प्रकाशित मितिः   ३ चैत्र २०७२, बुधबार ११:४८